मङ्गलबार अस्ट्रियाका आन्तरिक मन्त्री उल्फग्यांङ पेसचोर्नले हिटलरको जन्मघरमा प्रहरी कार्यलय राखिने पुष्टि गरे।
एक विज्ञप्तिमा अस्ट्रियाका पेसचोर्नले भनेका छन्,‘भविष्यमा प्रहरीले प्रयोग गर्ने निर्णयले उक्त घरले अब कहिल्यै नाजीको सम्झना नगराउने अचुक सन्देश दिएको छ।’
बीबीसीका अनुसार हिटलरले १७ औं शताब्दीमा ब्रोनाउ अम–इन शहरमा रहेको उक्त घरमा आफ्नो जीवनको केही हप्ता बिताएका थिए।
भवन लामो समयदेखि विवादको विषय बन्दै आएको थियो। सरकारले चरम दक्षिणपन्थी पर्यटक रोक्न घर मालिकसँग उक्त भवन दशकौँदेखि भाडामा लिएको थियो।


प्रतिक्रिया