समाज


पल प्रकरणमा पीडितले बयान फेरेपछि मोहना अन्सारी: ‘पुरुषार्थको विजय कसरी हुन्छ, आज साक्षी भइयो’

पल प्रकरणमा पीडितले बयान फेरेपछि मोहना अन्सारी: ‘पुरुषार्थको विजय कसरी हुन्छ, आज साक्षी भइयो’

नेपालखबर
बैशाख ४, २०७९ आइतबार १७:५७, काठमाडौँ

अभिनेता पल शाहविरुद्ध पीडि बलात्कार मुद्दा हालेकी नाबालिग गायिकाले आज अदालतमा बयान फेरेकी छन्। 

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पल हाल तनहुँ जिल्ला कारागारमा छन्। 

तर जिल्ला अदालत तनहुँमा बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्। 

स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो मुद्दा हालेकाे अदालतसमक्ष बयान दिएकी हुन्। 

उनका बुबाले पनि बयान फेरेका छन्। 

यसैबीच नाबालिगका पक्षमा बहस गरिरहेका अधिवक्ता भने निराश भएका छन्।

पीडितका पक्षबाट वकालत गरिरहेका वकिलमध्ये एक मोहना अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पुरुषार्थको विजय कसरी हुन्छ, आज साक्षी भइयो।’

महिलालाई भइरहेका हिंसाविरुद्ध सक्रिय अन्सारी अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .