समाज


क्रसर सञ्चालकको शंकास्पद मृत्यु, जलाएर हत्या गरेको आशंका

क्रसर सञ्चालकको शंकास्पद मृत्यु, जलाएर हत्या गरेको आशंका

शैलेन्द्र महतो
बैशाख २५, २०७९ आइतबार २०:२५, जनकपुरधाम

महोत्तरीको भंगहा नगरपालिका ४ जमुनिया स्थित रातु नदी किनारमा निर्माणाधीन एक क्रसरमा सञ्चालकको जलेको अवस्थामा शंकास्पद मृत्यु भएको छ।

 रातु नदीको किनारमा निर्माणाधीन जय श्री हनुमान वालुवा वासिङका क्रसर सञ्चालक मिथिला नगरपालिका २ बस्ने ३९ वर्षीय दिनेश महतोको मृत्यु भएको हो।

ओछ्यानमा जलिरहेको अवस्थामा उनको शव क्रसर भएकै ठाउँको घरमा फेला परेको प्रहरीले जनाएको छ। करेन्ट लागेर उनको जलेर मृत्यु भएको प्रहरीको अनुमान छ।

स्थानीयले भने महतोको जलाएर हत्या भएको दावी गरेका छन्। दिउँसो करिब २ बजेतिर जलिरहेकै बेला भंगहा प्रहरी चौकीबाट खटिएको प्रहरीसहित दमकल र स्थानीयले आगो निभाएका थिए।

महतोले पाटनरसीपमा क्रसर सञ्चालन गरेका थिए। 

घटनास्थलबाट उनका सहपाठी सुरज महतोलाई स्थानीयको दबाबमा  प्रहरीले पक्राउ गरेको छ। 

घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .