समाज


चुनावमा असहयोग गरेको बदलामा ५ वर्षीय बालकमाथि यौन दुराचार

चुनावमा असहयोग गरेको बदलामा ५ वर्षीय बालकमाथि यौन दुराचार

शैलेन्द्र महतो
जेठ ८, २०७९ आइतबार २०:४५, जनकपुरधाम

चुनावमा बाबुले असहयोग गरेको भन्दै धनुषामा छिमेकका एक ५ वर्षीय बालकमाथि यौन दुराचार भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ९ बस्ने एक ५ वर्षीय बालकमाथि अप्राकृतिक यौन शोषण भएको हो। 

घटनापश्चात बालक घाइते भएका छन्। बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटना आइतबार दिउँसो साढे ४ बजे बालक शौचालय गएको बेला भएको पीडित परिवारजनले बताएका छन्। 

बालकलाई अप्राकृतिक यौन शोषण गरेको आरोपमा स्थानीय २० वर्षीय चन्दन यादव पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा राखेर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए। 

पक्राउ परेका युवक मिथिला बिहारी वडा नं. ९ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवका सहयोगी रहेको पीडित परिवारको आरोप छ। 

बालकमाथि घटना घटाएर भाग्दै गर्दा उनलाई पक्राउ गर्न गएका बालकका बुबामाथि पनि वडाध्यक्षका सहयोगीहरुले कुटपिट गरेका छन्।  

वडाध्यक्षका सहयोगी राजकिशोर यादव, पुरण यादव र भजन यादवले आफूमाथि कुटपिट गरेको बालकका बुबाले आरोप लगाए।  

उनका अनुसार वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवले चुनाव अघि नै आफूलाई सघाउन र नसघाए जितेपछि कुनै घटना घटाइदिने धम्की दिएका थिए। 

‘पहिला विन्देश्वर यादव जसपा मै हामीसँगै हुनुहुन्थ्यो। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै मलाई सघाउनु पर्छ भन्नु भयो। मैले सहयोग गर्दिन भनेपछि उहाँले जितेपछि कुनै घटना घटाइदिन्छु भनेर धम्की दिनुभएको थियो’ उनले भने ‘ धम्की अनुसार नै जितेपछि मेरो छोरामाथि कुकर्म गरेका छन्। दोषीमाथि कडा कारबाही हुनुपर्छ।’  

डीएसपी क्षेत्रीले पक्राउ परेका चन्दनमाथि बालयौन दुराचार मुद्दा दर्ता गरी कारबाही हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .