ad ad

समाज


किशोरीलाई यौन प्रस्ताव राखेपछि सुन्दरी प्रतियोगिताका अर्का आयोजक पक्राउ

किशोरीलाई यौन प्रस्ताव राखेपछि सुन्दरी प्रतियोगिताका अर्का आयोजक पक्राउ

नेपालखबर
जेठ १२, २०७९ बिहिबार १८:४३, काठमाडौँ

यौन दुर्व्यवहार आरोपमा मिस्टर एण्ड मिस कलेज २०२२ का निर्देशक लालबहादुर शंकर पक्राउ परेका छन्। 

प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा  शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले पक्राउ गरेको हो।  

आफूसँग नजिक भए मिस कलेजको उपाधि जिताइदिने प्रलोभन देखाएपछि १७ वर्षीय किशोरीले प्रहरीमा उजुरी दिएपछि शंकर पक्राउ परेका हुन्। 

झापाको दमक घर भएकी १७ वर्षीया किशोरीका दाजुको उजुरीपछि शंकरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दीलिप गिरीले बताए। 

गिरीका अनुसार शंकरले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।

किशोरीले यसअघि इलाका प्रहरी कार्यालय दमकमा गत वैशाख २८ मा उजुरी हालेकी थिइन्। ती किशोरीको उजुरीपछि  प्रहरीले शंकरलाई तीन दिनअघि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। 

उनीमाथि जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको गिरीले बताए। 

शंकर लामो समयदेखि दमकमा नृत्य सिकाउँथे। उनी दमकका निजी विद्यालयमा नृत्य शिक्षक पनि हुन्। उनले यस्ता कलासम्बन्धी प्रतियोगिता गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .