ad ad

समाज


ताराको जहाज दुर्घटना : पोखराबाट शव ल्याइँदै, शोकाकुल आफन्त विमानस्थलमा

ताराको जहाज दुर्घटना : पोखराबाट शव ल्याइँदै, शोकाकुल आफन्त विमानस्थलमा

शोकाकुल एकजना आफन्त यति एयरको गाडीमा। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
जेठ १६, २०७९ सोमबार १८:१, काठमाडौँ

मुस्ताङमा आइतवार तारा एयरको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव काठमाडौं ल्याइँदैछ।

सोमबार दिउँसो मुस्ताङबाट हेलिकोप्टरमा पोखरा झारिएका शव अहिले त्रिभुवन विमानस्थलमा ल्याइँदैछ।

त्यहाँबाट सबै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिने भएको छ

शव ल्याइने भएपछि अहिले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शोकाकुल आफन्त जम्मा हुन थालेका छन्। 

आफन्तहरूलाई यति एयरका गाडीहरुमार्फत विमानस्थलमा लगिएको हो। त्यहाँ पुगेका आफन्त शोकमग्न भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .