ad ad

समाज


विमान दुर्घटना अपडेट : १० जनाको शव ल्याइयो काठमाडौं (तस्बिरहरु)

विमान दुर्घटना अपडेट : १० जनाको शव ल्याइयो काठमाडौं (तस्बिरहरु)

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव त्रिभुवन विमानस्थलमा। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
जेठ १६, २०७९ सोमबार १८:३४, काठमाडौँ

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाका १० जनाको शव काठमाडौं ल्याइएको छ।

मुस्ताङको कोवाङबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरमार्फत शव ल्याइएको हो।

बाँकी १० वटा शव भने दुर्घटनास्थलमै छन्। मौसम खराबीको कारण अरु शव ल्याउन नसकिएको सेनाले जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव अब त्रिवि शिक्षण अस्पतालमा लगिने छ। त्यहाँ पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने छ।

एउटा शव अझै फेला परेको छैन। अर्को देखिए पनि माथि निकाल्न बाँकी छ।

मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर आइतबार विमान दुर्घटना भएको थियो।

उक्त विमानमा १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक सवार थिए। अरु ३ जना चालक दलका सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .