समाज


विद्यालय भवन निर्माणमा घुस, प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

विद्यालय भवन निर्माणमा घुस, प्रधानाध्यापक र अध्यक्ष रंगेहात पक्राउ

शैलेन्द्र महतो
जेठ १९, २०७९ बिहिबार १७:५०, जनकपुरधाम

महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।

महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो। अख्तियारले घटनास्थलमा मुचुल्का लगायतको काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .