ad ad

समाज


विनोद शाही मृत्यु प्रकरणः अनुसन्धानमा दुई टोली सक्रिय, ५ जना पक्राउ

विनोद शाही मृत्यु प्रकरणः अनुसन्धानमा दुई टोली सक्रिय, ५ जना पक्राउ

गोकुल जोशी
जेठ २५, २०७९ बुधबार १०:५८, महेन्द्रनगर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाही मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय अछामका एक प्रहरी अधिकारीले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। सिआइबी को टोलीले नियन्त्रणमा लिएका उनीहरुमाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन।

उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ। जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का शाही शनिबार बिहान कालिकास्थानस्थित कुच्चीको भिरमा मृत भेटिएका थिए। 

घटना अनुसन्धानका लागि जेठ २२ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली पनि घटनास्थलमा छ।

यस्तै, संघीय प्रहरी ईकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली पनि घटनाको अनुसन्धानमा सक्रिय छ।
मृतक शाहीको शव पोष्टमार्टमका लागि प्रहरीले उठाउन सकेको छैन।

किटानी जाहेरी दर्ता गरेर घटनाको सत्य, तथ्य छानविन गरी दोषी कानूनी दायरामा नआउञ्जेलसम्म शव उठाउन नदिने पीडित परिवारले अडान लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .