काठमाडौँको कलंकीमा एक पैदालयात्रुलाई ठक्कर दिएर टिपर फरार भएको छ।
काठमाडौं महानगरपालिका–१४ कलंकी मकालु पम्पनजिक आइतबार राति टिपरले पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको हो।
टिपरको ठक्करबाट घाइते भएका अन्दाजी ४० वर्षीय ती पुरुषको सोमबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिने टिपरको अहिलेसम्म नम्बर खुल्न नसकेको प्रहरीले बताएको छ।
प्रहरीले ठक्कर दिएर भाग्ने टिपरको खोजी भइरहेको जानकारी दिएको छ।
3
Shares

प्रतिक्रिया