समाज


पूर्णमान भन्छन् : धीरजको नियुक्ति बदर भए विश्वराजलाई आईजीपी बनाउनुपर्छ

पूर्णमान भन्छन् : धीरजको नियुक्ति बदर भए विश्वराजलाई आईजीपी बनाउनुपर्छ

नेपालखबर
असार ५, २०७९ आइतबार १२:९, काठमाडौँ

नेपाल प्रहरीमा आईजीपी बढुवाविरुद्धको रिटमा आइतवार सर्वोच्च अदालतमा बहस भइरहेको छ। 

हेर्दा हेर्दैमा राखिएको मुद्दामा आइतवार जारी बहसका क्रममा अधिवक्ता एवम् सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जेष्ठता मिचेर नियुक्ति दिनु गलत भएको बताएका छन्। 

उनले विश्वराज पोखरेललाई नै वरिष्ठताका आधारमा आईजीपी बनाएर यदि उनले काम नगरेको अवस्थामा धीरजप्रताप सिंहलाई नियुक्त गरिनुपर्ने तर्क गरे। 

'यदि विश्वराजले काम गर्न सकेनन् भने उनलाई हटाएर धीरजलाई सरकारले नियुक्त गर्न सक्छ', उनले भने, 'त्यो अधिकार सरकारलाई छ। तर जेष्ठ एआईजीलाई बढुवा नगरि धीरजलाई बढुवान गर्नु ठीक भएन।'

जेष्ठ हुँदैमा बढुवा गर्नैपर्छ भन्ने नभए पनि सरकारले त्यसको चित्त बुझ्दो जवाफ दिनुपर्ने उनले बताए। 

'जेष्ठ हुदैमा बढुवा गर्नैपर्छ भन्ने छैन', उनले भने, 'तर जेष्ठ भएर पनि नगर्नु पर्ने कारण के हो? यसको जवाफ दिन सक्नुपर्छ।' 

निवेदक पोखरेलको मागबमोजिम यदि धीरज सिंहको नियुक्ति बदर भएमा सरकारले फेरि अर्को व्यक्तिलाई आईजीपी बनाउन नमिल्ने तर्क उनले गरे। 

नवराज सिलवालको रिटमा जयबहादुर चन्दविरुद्ध फैसला गरेर प्रकाश अर्याललाई आईजी बनाइएको थियो। अहिले पनि सहकुल थापा पोखरेलपछि एआईजी भएका थिए। उनको पनि सम्भावना छ। 

तर, शाक्यले पोखरेलबाहेक अर्कोलाई आईजी बनाउन नमिल्ने जिकिर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad