ad ad

समाज


बसका यात्रुमाथि एसिड पोखिँदा पाँच जना घाइते

बसका यात्रुमाथि एसिड पोखिँदा पाँच जना घाइते

सुमन पुरी
असार ७, २०७९ मंगलबार १८:०, विराटनगर

विराटनगरबाट मोरङको रंगेली जाँदै गरेको बसमा एसिड पोखिएर ५ जना यात्रु घाइते भएका छन्।

विराटनगरको हाट खोलाबाट रंगेलीतर्फ जाँदै गरेको बसमा एक जना यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल कटारी पुगेपछि फुटेको थियो।

बोतल फुटेर एसिड पोखिएपछि यात्रुहरुको शरीरमा पोखिएको मोरङ प्रहरीले जनाएको छ।  को १ ख ३९८१ नम्बर यात्रुवाहक बसमा एसिड पोखिएपछि एक जना सह–चालक र चार जना यात्रु घाइते भएका हुन्। 

घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सह–चालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सबिया खानम रहेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .