भैरहवाको बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण हुँदा डीसपीसहित २ जना घाइते भएका छन्।
सुधारगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारी हुँदा त्यहाँ रहेका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न दिएका थिएनन्।
प्रहरीले ताला तोड्न खोज्दा उनीहरु प्रहरीमाथि जाइ लागेका थिए। सो क्रममा रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए।
आक्रोशित किशोरहरुले सुधार गृहको भवनको सिसासमेत तोडफोड गरेका छन्।
सुधार गृहका किशोरहरुको अमर्यादित व्यवहारबाट आजित भएको भन्दै स्थानीयले उनीहरुलाई स्थानान्तरण गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।
456
Shares
प्रतिक्रिया