ad ad

समाज


सरकारी जीप दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

सरकारी जीप दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

नेपालखबर
असार ९, २०७९ बिहिबार ७:३४, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगरमा सरकारी जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

वीरेन्द्रनगर नगरपालिका ७ स्थित दैलेख–सुर्खेत सडक खण्डमा बा १ झ ८७८४ नम्बरको सरकारी जीप जीप दुर्घटना हुँदा रूकुम चौरजहारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार ब्रेक फेल भएर जिप सडकभन्दा २५ फिट तल खसेको छ। 

दैलेखबाट सुर्खेत जाँदै गरेको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका युवकको उपचारको क्रममा वीरेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .