समाज


सप्तकोसीमा डुबेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

सप्तकोसीमा डुबेका दुई जनाको सशस्त्र प्रहरीद्वारा  सकुशल उद्धार

फाइल फोटो


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १९:३७, काठमाडौँ

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदिमा डुबेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

आज (वैशाख १४ गते) धरान उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका–३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदीमा डुबेका थिए ।

सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो।

उनीहरुको अवस्था भने सामान्य रहेको छ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .