ad ad

समाज


सप्तरीमा यात्रुबाहक बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

सप्तरीमा यात्रुबाहक बस दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

शैलेन्द्र महतो
असार ९, २०७९ बिहिबार १३:१४, काठमाडौँ

सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। 

पूर्व ‍- पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ कोशी ब्यारेज र कंकालिनी मन्दिरबीच पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख १८९८ नम्बरको यात्रुबाहक बस सडकबाट पल्टेर दुर्घटना भएको हो। 

पैने ११ बजेको समयमा भएको बस दुर्घटनामा परिचय नखुलेको अन्दाजी ५५ वर्षीय महिलाको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

उनका अनुसार विराटनगरबाट कटारीको लागि छुटेको सो बस अनियन्त्रित  भएर रोडबाट उतरतिर २० फिट तल खसेको थियो। 

घाइते मध्ये ६ जनाको भारदह अस्पताल र बाँकी चार जनाको स्थानीय मेडिकलमा उपचारका लागि पठाएको डिएसपी काफ्ले​ले बताए। 

बस चालक तत्काल फरार रहेकाले उनको खोजी जारी रहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .