ad ad

समाज


कांग्रेस उपसभापति गुरुङ सवार गाडी दुर्घटनाबाट जोगियो

कांग्रेस उपसभापति गुरुङ सवार गाडी दुर्घटनाबाट जोगियो

नेपालखबर
असार १६, २०७९ बिहिबार ९:३९, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ गाडी दुर्घटना हुनबाट जोगिएका छन्। रामेछापको गोगनेमा उनी सवार बा १९ च १८३९ नम्बरको  गाडी दुर्घटना हुनबाट जोगिएको हो। उनले सामाजिक सञ्जालमार्फत घटनाको जानकारी गराएका छन्। 

अचानक सडक किनारबाट गाडी तल झरेको तर अगाडि ढुंगाको ओड लागेकाले जोगिएको उनले बताएका छन्। 

‘ठुलो घट्ना हुनबाट जोगियो,’ उनले सामाजिक सञ्जालमा गाडीको फोटोसमेत सेयर गर्दै भनेका छन्, ‘रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो।’

आफूहरु सकुशल रहेको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .