ad ad

समाज


संसदमा शिक्षामन्त्रीको स्पष्टीकरण : विश्वविद्यालयमा ताला लाग्नै नदिने उपाय खोज्दैछौँ

संसदमा शिक्षामन्त्रीको स्पष्टीकरण : विश्वविद्यालयमा ताला लाग्नै नदिने उपाय खोज्दैछौँ

नेपालखबर
असार २०, २०७९ सोमबार १६:४८, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन्। 

मन्त्री पौडेलले विश्वविद्यालयहरुमा ताला लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरुले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए। 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरुले राखेको धारणा जायज रहेको प्रतिक्रिया समेत दिए। 

मन्त्री पौडेलले सांसदहरुले तालाबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुको ताला खुलेको पनि स्मरण गराए। 

‘विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यामबाट हल गर्ने हो। चाबी लगाउने, तालाबन्दी गर्ने, डिस्टर्ब गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिस्टर्ब गर्ने कुरा राम्रो हुँदैन', उनले भने, 'त्यसकारण हामी अहिले रहेका कतिपय विश्वविद्यालय बन्ने क्रममा रहेका छन्। चालु विश्वविद्यालयलाई उहाँहरुको परीक्षा प्रणाली, नतिजाको समय अवधि र त्यसलाई नियमन र नियमित गर्न हामी छलफल, संवाद र कुराकानीमा छौँ।'

लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा उठेकाले ताला लगाउनेलाई पनि नैतिक दवाव भएको उनले बताए। 

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहोर्‍याएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .