समाज


प्रेस युनियनमा चर्को मनोनयन शुल्क : अध्यक्षलाई ३० हजार, केन्द्रीय सदस्यलाई १५ हजार

प्रेस युनियनमा चर्को मनोनयन शुल्क : अध्यक्षलाई ३० हजार, केन्द्रीय सदस्यलाई १५ हजार

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १३:२२, काठमाडौँ

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ।

करिब ८ वर्षपछि हुन लागेको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं फर्किसकेका छन्। 

युनियनको उद्घाटन सकिँदै गर्दा निर्वाचन समितिले उम्मेदवारी मनोनयन शुल्क सार्वजनिक गरेको छ।

समितिका संयोजक एगराज पोखरेलले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष पदका प्रतिस्पर्धीको मनोनयन शुल्क ३० हजार तोकिएको छ।

त्यसैगरी निर्वाचन समितिले वरिष्ठ उपाध्यक्ष र महासचिवको मनोनयन शुल्क २५ हजार, उपाध्यक्ष, सचिव,  केन्द्रीय लेखा संयोजक र कोषाध्यक्षको २० हजार तोकेको छ।

त्यस्तै समितिले केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको मनोनयन शुल्क १५ हजार रुपैयाँ तोकेको छ।

युनियनको नयाँ नेतृत्वका लागि संस्थापनबाट अनिता बिन्दु र इतर समूहबाट शिव लम्साल प्रतिस्पर्धामा उत्रिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad