ad ad

समाज


छात्रावासमा पढेर विश्वविद्यालयको प्राध्यापक बनेका रामप्रसाद

छात्रावासमा पढेर विश्वविद्यालयको प्राध्यापक बनेका रामप्रसाद

नेपालखबर
साउन २५, २०७९ बुधबार १६:४१, काठमाडौँ

प्राध्यापक रामप्रसाद अधिकारी सदाझैँ मंगलबार पनि काठमाडौंको वाल्मीकि विद्यापीठमा उपस्थित भए। हाजिरीपुस्तिका पल्टाए अनि गरे अन्तिम हाजिरी। 

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको वाल्मीकिमा उनले पढाउनथालेको वर्षौँ भइसकेको छ। मंगलबार उनले प्राध्यापनबाट ‍औपचारिक अवकाश लिएका हुन्।

वि.सं. २०४८ साउन १ देखि वाल्मीकिमा सहायक प्राध्यापकका रुपमा सेवा प्रवेश गरेका अधिकारीले  मंगलबार प्राध्यापकबाट अवकाश लिएका हुन्।  

ज्योतिष विभागका विभागीय प्रमुख रहेका प्राध्यापक अधिकारीको मंगलबार औपचारिक सेवाको अन्तिम दिन थियो। उनको लागि दिउँसो २ बजेदेखि विदाइ कार्यक्रम राखिएको थियो।

अधिकारीले विगत ३१ वर्ष उक्त विद्यापीठमा प्राध्यापन गरे। लामो समय विद्यापीठमा योगदान दिएका उनले उमेरहदका कारण अवकाश लिनुपरेको हो। मंगलबार पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालको सभाध्यक्षतामा अधिकारीको विदाइ गरिएको सोही क्याम्पसका उपप्राध्यापक उमेशप्रसाद घिमिरेले बताए। 

प्राध्यापक अधिकारीलाई निडर तथा स्पष्टवक्ता प्राध्यापकको रुपमा क्याम्पसले चिन्ने घिमिरेले बताए। सोही कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वउपकुलपति कोइरालाले आफू उपकुलपति हुँदा उनलाई रजिष्ट्रार बनिदिन विशेष आग्रह गर्दा समेत नमानेको बताउँदै अधिकारीको प्रशंसा गरे। 

विदा लिइरहँदा केही शब्द बोलेका अधिकारीले ५० वर्षभन्दा बढी यही शैक्षिक संस्थासँग आबद्ध भएकाले वाल्मीकि विद्यापीठ आफ्नो लागि कार्यक्षेत्र मात्र नभई घरसरह भएको बताएका थिए। 

सानो छँदा अधिकारीले रानीपोखरीमा रहेको संस्कृत छात्रावासमा बसेर पढेका थिए। त्यही अवसरबाट नै आफू विश्वविद्यालयको प्राध्यापक बन्न सकेको उनी बताउँछन्। उनले यसका लागि छात्रावासप्रति पनि कृतज्ञता व्यक्त गरे। 

विदाइ कार्यक्रममा प्राध्यापक पद्मप्रसाद भट्टराई, प्राध्यापक ध्रुव ज्ञवाली, प्राडा आनन्दप्रसाद घिमिरे, प्राडा धनेश्वर नेपाल, प्राडा काशीनाथ न्यौपाने, डा. विष्णुप्रसाद दाहाल, डा. नवराज कट्टेल, डा. ध्रुव भट्टराई, डा. मुकुन्दप्रसाद लामिछाने, प्राडा नुरापति पोखरेल, डा. सुमोदवद्र्धन कौडिन्यायन, सहप्रा अच्यूत लामिछाने डा माधव लामिछाने सहप्रा घनश्याम भण्डारी सहप्रा रामहरि कोइराला, पूर्वप्राचार्य डा गणेशप्रसाद घिमिरे, डा. वैकुण्ठ घिमिरे, डा. पुरुषोत्तम भट्टराई, डा. जयन्त आचार्य, अर्जुन दाहाल, डा. नारायणप्रसाद निरौला, उपप्रा. शिवराज लामिछानेलगायतको सहभागिता थियो।

कार्यक्रममा नेसंवि प्राध्यापक संघ केन्द्रका पूर्वसभापति डा शान्तिकृष्ण अधिकारी, नेपाल संस्कृत विश्वविद्यालयका कोषाध्यक्ष डा. नारायण बराल, प्राध्यापक संघ वाल्मीकि विद्यापीठका सभापति प्राडा देवमणि भट्टराई, प्रजातन्त्रवादी प्राध्यापक संघ, वाल्मीकिका अध्यक्ष मुरली दाहाल, राष्ट्रिय प्राध्यापक संघ वाल्मीकिका अध्यक्ष तथा स्थापित मुक्तकका तेजविलास अधिकारी, कर्मचारी संघकी अध्यक्ष वसन्ती जोशी, नेसंवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष रमेश जोशी र विद्यार्थीका तर्फबाट नेवि संघका संयोजक चोलेन्द्र रिजाललगायतले अधिकारीको निवृत्त जीवनको सुखद कामना गरेका थिए।  

कार्यक्रममा सहप्राध्यापक नवराज घिमिरेले प्राध्यापक अधिकारीको सम्मानमा मीठो छन्दोबद्ध कविता सुनाएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .