ad ad

समाज


बालेन्द्रले भने : कारबाही सुरु भयो, अब महानगरभरि पुग्नेछ

बालेन्द्रले भने : कारबाही सुरु भयो, अब महानगरभरि पुग्नेछ

बानेश्वरमा अन्डरग्राउन्ड पार्किङ खुलाइँदै। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ ६, २०७९ सोमबार १८:१३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउन्ड पार्किङलाई अन्य काममा प्रयोग नगर्न भनेका छन्। 

नयाँबानेश्वरस्थित बानेश्वर प्लाजामा पार्किङ नक्साका लागि पास गरेर पसल चलाइएपछि महानगर र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सोमबार तोडिएको थियो।

त्यसपछि बालेनले ३५ दिने सूचनाको म्याद सकिएपछि बानेश्वरबाट अन्डरग्राउन्ड पार्किङ खुलाउने अभियान थालेको बताउँदै अब महानगरभरी यो अभियान लैजाने बताए। 

'अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ', उनले भनेका छन्, 'पार्किङ भनेर नक्सा पास भएका तर अन्य रुपमा प्रयोग भएका संरचनाको अनुगमन, खोजी र कारबाही सुरु भएको छ।' 

काठमाडौं उपत्यका ट्राफिक महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसँगै सडक विस्तार अभियानमा जुटेका मेयर बालेन्द्रले यो अभियान अन्तर्गतको कारबाही बानेश्वर क्षेत्रबाट सुरु भएको बताएका छन्। 

'विस्तारै सबैतिर महानगर पुग्नेछ। यसैले हामी अनुरोध गर्दछौँ पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिनु होला', उनले भने, 'यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ। महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ।'

उनले कारबाही भन्दा महानगरप्रतिको जिम्मेवारीले पनि आफू सचेत बनिदिन यहाँका बासिन्दालाई आग्रह गरेका छन्। 

याे पनि-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .