सुन्धारास्थित काठमाडौं मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले बुधबार बिहानबाट लगाएर अवैध संरचना हटाउन सुरु गरेको हो।
नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालिएको महानगरपालिकाले जनाएको छ।
संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको थियो।
अवैध संरचना भत्काउन मेयर बालेन्द्र शाह आफैं सुन्धारा पुगेका छन्। शाहसहित ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन्।
भिडिओः
भदौ ८, २०७९, बुधबार
1.8k
Shares
प्रतिक्रिया