समाज


गगनको गुनासो : कपन–खहरेमा बाढी आउनेबित्तिकै मैले गाली खान्छु

डुबान नियन्त्रणलाई एउटै आयोजना बनाउन आग्रह
गगनको गुनासो : कपन–खहरेमा बाढी आउनेबित्तिकै मैले गाली खान्छु

कांग्रेस महामन्त्री गगन थापा। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १४:३४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन्। 

आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजनासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन्। 

उनले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजना बनाउनुपर्ने बताए। 

थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम गर्नुपर्ने बताए 

उनले करिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजनाअन्तर्गत ल्याउन पनि माग गरे।

थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन–खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली खाने गरेको बताए। 

थापाले अहिले करिडोर क्षेत्रमा २ आना र ५ आना जग्गामा सयौँ घरहरु बनेकाले बनेका घरहरूको समेत संरक्षण गर्नेगरी मास्टर प्लान बनाउन सुझाव दिए। 

‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम बन्ने आयोजना अन्तर्गत आउनुपर्छ। मन्त्रिपरिषद्बाट पास भएर आएपछि आयोजनाको मास्टर प्लान बनाउन एक वर्ष लाग्नसक्छ’, उनले भने, ‘यो क्षत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्नेबित्तिकै सबै भन्दा बढी गाली मैले खान्छु । करिडोर क्षेत्रमा सयौँ घर बनेका छन् । बाहिरबाट आएमा मानिसहरुले २ आना ५ आनामा घर बनाउनु भएको छ। उहाँहरूसँग लालपुर्जा छ । उहाँहरुले वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ । करिडोर बनाउने क्रममा खोलाको बहावलाई मात्रै नियन्त्रण गर्ने गरी मात्रै नभएर बनाएका घरहरूको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने देखिन्छ।’

महामन्त्री थापाले करिडोर क्षेत्रमा बनेका घरहरु वैधानिक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरको समेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .