ad ad

समाज


लीको भ्रमणले नेपाल–चीन सम्बन्धमा महत्त्वपूर्ण आयाम थपियो : चिनियाँ मामिला जानकार सापकोटा

लीको भ्रमणले नेपाल–चीन सम्बन्धमा महत्त्वपूर्ण आयाम थपियो : चिनियाँ मामिला जानकार सापकोटा

नेपालखबर
भदौ २९, २०७९ बुधबार १३:१०, काठमाडौँ

चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आयाम भएको बताएका छन्। 

विकसित देशले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाइ छोएको उनले बताए। 

अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको उनको भनाइ छ। 

ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि बताउनु भयो । उनले नेपालले अवलम्बन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको विस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताए। 

उनले थपे, ‘ भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्षमा, आफ्नो रणनीतिमा, आफ्नो कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण एमसीसी, एसपीपीबाट लिनसक्छौँ ।’ ​

सापकोटाले  शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताए। 

उनले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्ने कुरामा फाइदा उठाउन सक्नुपर्ने बताए। 

उनले नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने बताए। 

उनले भने, ‘हामीले आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दामा हामी जुनकुनै शक्ति राष्ट्रहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु हुँदैन । आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर, तोकिएका संयन्त्रबाट आर्थिक सहकार्य गर्न आवश्यक छ ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .