ad ad

समाज


पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट

नेपालखबर
असोज ८, २०७९ शनिबार ७:३५, काठमाडौँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन्।

ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनाए।

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद भवनको समेत अवलोकन गरे। परिषदको भवनमा जोशीले संकलन गरेका मुद्रा, टिकट, किताब लगायत सामग्री राखिएको छ। साथै, उनले भवनको तेस्रो तलामा रहेको ुचक्रसंवरु को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए। वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी उमेरले १ सय ३ वर्ष पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .