ad ad

समाज


जर्मनीको सहयोगमा ‘बोर्न विथ प्राइड’ सम्मेलन काठमाडौंमा

जर्मनीको सहयोगमा ‘बोर्न विथ प्राइड’ सम्मेलन काठमाडौंमा

नेपालखबर
असोज ११, २०७९ मंगलबार १५:३, काठमाडौँ

फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रीडम (एफएनएफ) को दक्षिण एसिया क्षेत्रीय कार्यालयद्वारा ‘बोर्न विथ प्राइड’ सम्मेलन आयोजना गरिएको छ। 

काठमाडौंस्थित जर्मन दूतावास, समृद्धि फाउन्डेसन र जर्मन नेपाल मैत्री संघ सँगको सहकार्यमा  दिने मंगलबारदेखि सम्मेलन शुरु भएको हो। 

होटल हिमालय, ललितपुरमा आयोजित सम्मेलनमा लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स र एसेक्सुअल समुदाय, राजनीतिज्ञ, शिक्षाविद्, वकिल, र नागरिक समाजका सरोकारवालाहरू सहभागी छन्। 

सात दक्षिण एसियाली देशहरूका साथै युरोप र तिब्बती समुदायका २१ वक्ता र १०० भन्दा बढी सहभागी उक्त सम्मेलनमा सहभागी रहेको जर्मन दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ। ‘सहभागीको उच्च संख्याले मुद्दाको महत्त्व र समुदायमा  यस मुद्दाको बारे थप जान्नको लागि ठूलो इच्छा रहेको देखाउँछ’ दूतावासले भनेको छ।  

सम्मेलनमा नेपाल र युरोपका गरी ७ जना प्रमुख वक्ता छन्। एलजिबिटिआई (लेस्बियन, समलिङ्गी, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, इन्टरसेक्स र एसेक्सुअल समुदाय) लाई राज्यको मूलधारमा कसरी ल्याउन सकिन्छ, उनीहरुका लागि समावेशी डिजिटल स्पेस कसरी दिन सकिन्छ र कानुनी मान्यता कसरी दिलाउन सकिन्छ भन्ने बिषयमा वक्ताहरुले बोलिरहेका छन्। 

एलजिबिटिआईका अधिकार लविङ गर्न मिडियाको भूमिका र नागरिक समाजमा स्वीकृति तथा समावेशीकरण जस्ता विषयमा पाँच वटा अन्र्तक्रियात्मक शत्रहरु रहेको जर्मन दूतावासले जनाएको छ। 

सम्मेलनमा बोल्दै एफ एन एफ क्षेत्रीय कार्यालय दक्षिण एशियाका प्रमुख डा. कार्स्टन क्लेनले भने ‘यस्ता अवसरहरुले असमानता र भेदभाव समाधान गर्न स्वस्थ संवाद, नेटवर्क र एकसाथ आउनको लागि अवसर प्रदान गर्दछ।’ 

पूर्व सहरी विकासमन्त्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै समतामूलक अधिकारको प्रवद्र्धन र संरक्षणको साझा लक्ष्य हासिल गर्न राजनीतिक र नागरिक समाजको अभिमुखीकरण आवश्यक रहेको बताइन्। 

‘हाम्रो पार्टीले आगामी संघीय र प्रादेशिक निर्वाचनमा यस समुदायबाट दुई जना समावेशी उम्मेदवार मनोनयन गरेको छ र उनीहरुलाई आगामी प्रतिनिधिसभामा ल्याउन हामी कटिबद्ध छौं’ उनले भनिन्। 

त्यस अवसरमा अस्ट्रियाका संसद सदस्य यानिक शेट्टीले भेदभावको निन्दा गर्ने मूल्यमा आधारित विदेश नीतिको आवश्यकतालाई जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .