ad ad

समाज


सत्यमोहन जोशीलाई भेट्दै उपराष्ट्रपति पुनले भने : चाँडै डिस्चार्ज हुनु हुने विश्वास छ

सत्यमोहन जोशीलाई भेट्दै उपराष्ट्रपति पुनले भने : चाँडै डिस्चार्ज हुनु हुने विश्वास छ

शनिबार बिहान किष्ट अस्पतालमा सत्यमोहन जोशीलाई भेट्दै उपराष्ट्रपति पुन।


नेपालखबर
असोज १५, २०७९ शनिबार १३:१, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर त्यहाँ उपचार गराइरहेका संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्। 

उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरे। 

जोशीको उपचारमा संलग्न चिकित्सकहरूले उनाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराए। 

जसमा उपराष्ट्रपति पुनले खुसी व्यक्त गरे। 

‘यहाँ राष्ट्रपिता हुनुहुन्छ। पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले भने, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ।’

शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .