ad ad

समाज


फुलपातीको दिन दसैँ मान्न गाउँ जानेको भीड

फुलपातीको दिन दसैँ मान्न गाउँ जानेको भीड

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०७९ आइतबार १४:४३, काठमाडौँ

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।

काठमाडौंका विभिन्न नाकाहरुबाट दसैँ मान्नका लागि काठमाडौं उपत्यका छाड्नेहरुको भीड लागेको हो।

खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको छ।

सार्वजनिक यातायात र नीजि सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन्। सवारी साधनभित्र यात्रुहरु भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देख्न सकिन्छ। धेरै सवारी साधन चलेका कारण यात्रुहरुले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ।

दैनिक हजारौँको संख्यामा मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन्। अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरुको संख्या बढेको छ। अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवत्जावत्मा समस्या भएपनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरु आवत्जावत् गरिरहेका छन् । यात्रुहरुले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .