समाज


बदेललाई थापेको पासोमा पर्दा कञ्चनपुरमा १ जनाको मृत्यु, ७ जना पक्राउ

बदेललाई थापेको पासोमा पर्दा कञ्चनपुरमा १ जनाको मृत्यु, ७ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०७९ मंगलबार १७:४२, काठमाडौँ

कञ्चनपुरमा बदेल मार्न थापेको पासोमा परेर एक जनाको मृत्यु भएको छ। 

कृष्णपुर नगरपालिका १ कुञ्जाकल्लीका ४९ वर्षीय वीर बहादुर डगौरा मंगलबार मृत फेला परेका हुन्।

बन्दा नदीको किनारामा मंगलबार उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

आइतबार दिउँसो स्थानीय पहरीया बजार जान्छु भन्दै हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा नदी किनारमा शव फेला परेको हो। 

प्रारम्भिक अनुसन्धानको क्रममा सोही ठाउँस्थित खेतम ाबदेल मार्न थापेको करेन्टको पासोमा परेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

५० वर्षीय ज्योती बुढाले आफ्नो खेतमा बदेल रोकथामको लागि छोडेको करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ। मृत्यु पछि नदी किनारमा शव फालेको खुल्न आएपछि ज्योती बुढा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad