ad ad

समाज


अपूर्व अढाइ लाख धरौटीमा रिहा

अपूर्व अढाइ लाख धरौटीमा रिहा

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १८:२३, काठमाडौँ

कमेडियन अपूर्व क्षितिज सिंह धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले बिहीबार थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।

युट्युबमा स्ट्याण्ड अप कमेडी शोमार्फत जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुरमा उनीविरुद्ध १०१ जनाले जाहेरी दिएका थिए।

जाहेरीपरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। 

सरकारी वकिल कार्यालयले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर, सामाजिक रीतिस्थितिमा खलल पार्न नहुने सम्बन्धी कसूरमा र सार्वजनिक शान्तिविरुद्धको कसूरमा अभियोग दायर गरेको थियो।

उनले २०७९ भदौ १० गते कमेडि क्याफे नामक युटुव च्यानलमा स्ट्याण्डअप कमेडीको कार्यक्रममा नेवार परम्परा भनेर अपमानजनक एवं भेदभावपूर्ण व्यवहार गरेको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .