हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद्का अनुसार दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने भइरहेको छ। तराईमा भन्दा पहाडमा र दिउँसो भन्दा बिहानीपखको तापक्रम घट्ने क्रम बढी छ।
महाशाखाको विवरणअनुसार आज (शुक्रबार) सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। त्यहाँको न्यूनतम तापक्रम १.६ डिग्री तथा अधिकतम तापक्रम २०.१ डिग्री सेल्सियस छ।
यस्तै आज सबैभन्दा बढी तापक्रम जनकपुरमा देखिएको छ। त्यहाँ आज न्यूनतम तापक्रम २०.० डिग्री तथा अधिकतम तापक्रम ३३.० डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ।
यो सूची हेर्नुहोस्, आज कहाँको तापक्रम कति?
राति मौसम कस्तो रहला?
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। वर्षाको सम्भावना छैन।
Shares
प्रतिक्रिया