बीओके क्यापिटल मार्केट लिमिटेडको साधारण सभा कात्तिक ४ गते सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आ.व. २०७८/७९ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.व. २०७८/७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (करसमेत) वितरण गर्ने निर्णय अनुमोदन गरेको छ।
साथै आगामी आ.व. २०७९/८० को बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
कम्पनीले समिक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ।
यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६८९ हितग्राही खाता खोलिसकेको छ। लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जनाको १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ।
मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएको यस्तो कठिन अवस्थामा पनि कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरेको र वार्षिक साधारणसभाबाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको जनाएको छ।
Shares
प्रतिक्रिया