समाज


आचरणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बन

आचरणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बन

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार ८:४२, काठमाडौँ

आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरीलाई निलम्बन गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो।

उनीहरूविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक सुवेदीले यही कात्तिक ४ गते निर्वाचन सुरक्षा बेस  स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको सशस्त्र प्रहरीले जनाएको छ। 

त्यस्तै सशस्त्र प्रहरी नायब निरीक्षक मगरले गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएको सशस्त्र प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .