समाज


घरमै सुत्केरी गराउँदा आमाको मृत्यु, नवजातशिशु जीवितै

घरमै सुत्केरी गराउँदा आमाको मृत्यु, नवजातशिशु जीवितै

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:२७, सुर्खेत

हुम्लामा एकजना सुत्केरी मृत्यु भएको छ। समयमै उपचार नपाएका कारण मंगलबार बिहान एक सुत्केरीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ काँखे गाउँका रङ्गिता शाही छिन्। 

घरमै सुत्केरी गराउँदा उनको मृत्यु भएको अदानचुली गाउँपालिका–५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताए।

उनका अनुसार रङ्गिताले सोमबार बिहानै व्यथा लागेर शिशु जन्माएकी थिइन्। तर लामो समय साल नझरेर रगत गइरहँदा उपचार अभावमा उनको मृत्यु भएको हो। 

नवजात शिशुको अवस्था सामान्य रहेको वडाध्यक्ष छत्यालले बताएका छन्। 

छत्यालका अनुसार रङ्गिताको घरदेखि स्वास्थ्य संस्था पुग्न एक घण्टा भन्दा बढी लाग्छ। यसअघि रंगितासँग ३ वर्षीया छोरी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad