समाज


२४ दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार

२४ दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १८:३२, गलेश्वर

चौबीस दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन्। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन। 

गत असोज २६ गते आइतबार अपराह्न ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता शर्माका आफन्त विवेक शर्माले बताए। सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ। परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापक रूपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .