समाज


देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, २४ घण्टे चेतावनी जारी

काठमाडौंको तापक्रम १० डिग्रीमा झर्‍यो
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, २४ घण्टे चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ६:४२, काठमाडौँ

हाल (शुक्रबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  पनि पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भेगका एक दुई स्थानमा हल्का वर्षा र  देशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ : देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला। साथै तापक्रममा कमी आउने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला।

यसैबीच आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर भट्टराईले जानकारी दिए। हिजो भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस थियो। 

‘तापक्रम बिस्तारै घट्दै छ’, मौसमविद् श्रेष्ठले भने। 

उनका अनुसार काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना त छ तर निकै न्यून। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .