समाज


ललितपुरतर्फ पर्खाल लाग्दा टौदह, कीर्तिपुरतिर वाग्मतीको कटान

ललितपुरतर्फ पर्खाल लाग्दा टौदह, कीर्तिपुरतिर वाग्मतीको कटान

नेपालखबर
असार ३१, २०८३ बुधबार १०:३८, काठमाडौँ

वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्। कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये एक हो।

वाग्मतीले दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका हुन्।

टौदहका स्थानीयवासी मिलन खड्ले भन्नुभयो, ‘वाग्मती नदीको कटानले टौदह पूर्वतर्फ बढ्दै गएको छ। अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ। समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ।’ 

वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनले बताए। यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ।

खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउँछन्। 

कीर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष खीरमानसिंह बस्नेतले त्यहाँका ७–८ घर जोखिममा परेको बताए। एक दुई घर त प्रत्यक्ष जोखिममा रहेको नेपालखबरलाई उनले बताए।

नदी क्षेत्रमा भौतिक निर्माणका काम गर्न पालिका एक्लै गर्न सक्दैन। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा मात्र गर्न पाइन्छ।

‘टौदह नजिकको बागमतीको समस्याबारे बागमती सभ्यतालाई हामीले पटक–पटक पत्राचार गरेका छौँ। आफ्नै खुशीले काम गर्न पाइँदैन’, वडा अध्यक्ष बस्नेतले भने, ‘अब फेरि उहाँहरुको कार्यालयममा निवेदन लिएर जाँदैछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad