समाज


प्रचण्ड सहभागी हुने सभामा टिफिन बम पड्काउने विप्लवका कार्यकर्ता!

प्रचण्ड सहभागी हुने सभामा टिफिन बम पड्काउने विप्लवका कार्यकर्ता!

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १६:१०, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिएको सभामा बम विस्फोटका क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन्। 

सभास्थलनजिकै उक्त टिफिन बम विस्फोट हुँदा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता सुमन श्रेष्ठ घाइते भएका छन्। 

टिफिन बम पड्किँदा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ घाइते भएका छन्। खुट्टामा गम्भीर चोट लागेका उनको अहिले स्थानीय तिवारीभञ्ज्याङ स्वास्थ्य चौकीमा उपचार हुँदैछ। 

प्रहरीका अनुसार आफैँले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका हुन्। तर विप्लव नेतृत्वको नेकपाका एकजना केन्द्रीय सदस्यले यो घटनाको जिम्मेवारी लिन अस्वीकार गरे। 

यो घटनामा नेकपा एमालेको योजनामा विप्लवका कार्यकर्ताले गराएको दाबी नेकपा मा‌ओवादी केन्द्रबाट प्रतिनिधिसभाका उम्मेदवार सुदन किरातीले गरेका छन्। 

उनले नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको प्रतिक्रिया दिएका छन्। ‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका थियौँ। कार्यक्रमस्थलनजिक एकजना भाइले बोकेको बम विस्फोट भयो', उनले सञ्चारकर्मीहरुसँग भने, 'उनी घाइते भएपछि प्रहरीले पक्राउ गरिसकेको छ। हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै गतिविधि गर्छ।’

यो सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .