सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारी सखडा सडक खण्डस्थित गोविन्दा कृषि तथा पशुपक्षी फार्ममा आज आगलागी भएको छ।
आगलागीबाट दुई घर, १५ बोरा कुखुराको दानालगायत सामग्री जलेर नष्ट भएको फार्मका सञ्चालक गोविन्दाकुमार मण्डलले जानकारी दिए।
आगलागीको कारण भने खुल्न सकेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले बताए।
मंसिर ९, २०७९, शुक्रबार
27
Shares
प्रतिक्रिया