ad ad

समाज


‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी जारी

‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी जारी

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १८:५०, काठमाडौँ

काठमाडौंमा ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी जारी छ। 

नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा प्रदर्शनी आयोजना गरिएको हो। 

नेपालका लागि भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले आइतबार प्रदर्शनी उद्‌घाटन गरेको जानकारी भारतीय दूतावासले आज दिएको हो। 

त्यस अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्‌का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनीता डङ्गोल उपस्थित थिए।

 

कला प्रदर्शनी मंसिर २४ गतेसम्म बबरमहलस्थित नेपाल कला परिषद्‌मा चल्नेछ। 

भारतीय दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आजै देखि ‘भारत र नेपालका देवी देवताहरूको प्रतिमाको अभिव्यक्ति’ नामक दुई दिने ‘लेक्चर सिरिज’ सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .