समाज


चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर १७ , काठमाडौँ

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेखेको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ। 

वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो। पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ। 

पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले विश्वविद्यालय, विद्यापीठले गर्नुपर्ने पुस्तक प्रकाशनको काम गरेर पाण्डेयले पूर्वीय दर्शनका लागि महत्त्वपूर्ण योगदान गरेको बताए। ज्योतिष विषयमा अध्ययन, अनुसन्धान गरेर पुस्तक लेख्नेक्रम बढाउनुपर्नेमा पनि उनले जोड दिए। 

कार्यक्रममा विद्यापीठका पूर्वप्राध्यापकसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वप्राध्यापकद्वय प्रा डा ऋषिराम पौडेल र प्रा रामप्रसाद अधिकारीलाई लामो समय ज्योतिष शिक्षणमा योगदान दिएको भन्दै सम्मानसमेत गरिएको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्वत्रय अधिकारी, पौडेल र अधिकारी, लेखक पाण्डेय, ज्योतिष विभागका प्रमुख धनेश्वर नेपाल, सहप्राध्यापक मुरलीधर दाहाल, सहायक प्राध्यापक अमरराज ढकाललगायतले ज्योतिष विषयमा नेपाली लेखकले लेखेका पछिल्ला पुस्तक कम भइरहेका बेला सार्वजनिक भएको ‘कुण्डलीप्रकाश’ले यसका विद्यार्थी, अध्यापक र जिज्ञासुका लागि सहयोग पुग्नेमा जोड दिए। 

ज्योतिष विद्या प्रालीले प्रकाशन गरेको पुस्तकको मूल्य रु चार सय ५९ तोकिएको छ। फलित ज्योतिष विषयमा विद्यावारिधि गर्ने डा पाण्डेय नेपालकै विद्वान् हुन्। विभिन्न पत्रपत्रिकामा ज्योतिष विषयमा लेखरचना पनि लेख्ने पाण्डेयका यसअघि ‘व्यावहारिक ज्योतिष, २०५९’, ‘बेलापञ्चाङ्ग, २०६०’, ‘बृहज्जातकम्, २०६१’ पुस्तक प्रकाशन भइसकेका छन्। रासस

मंसिर १७, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.