समाज


धादिङको मूलपानीमा घरभित्रै वृद्ध दम्पती मृत भेटिए

धादिङको मूलपानीमा घरभित्रै वृद्ध दम्पती मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १४:४१, काठमाडौँ

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्। 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्। 

जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले बताए। 

'विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाँहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ', घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, 'निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौँ।'

मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौँमा व्यवसाय गर्दै आएका छन्। छोरीको विवाह भइसकेको स्थानीयवासीले जानकारी दिएका छन्। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .