घरबिदामा गएका एकजना सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। सर्लाहीको रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहलाई गोली हानिएको हो।
उनीमाथि घरबिदामा गाउँ पुगेका बेला गोली हानिएको हो। उनको दाहिने हातको पाखुरामा गोली लागेको छ।
चिनजानकै साथीहरूसँग खाजा खाइरहेका बेला विवाद हुँदा गोली हानिएको खुलेको छ। गोली हानिएपछि दुई जना फरार छन् भने रामप्रवेश साहलाई प्रहरीले पक्राउ गरेको छ।
180
Shares

प्रतिक्रिया