जलेश्वर-जनकपुर सडकखण्डअन्तर्गत महोत्तरीको चाँदनी चोकमा मिनी टिपरले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ।
सोमबार साँझ भएको दुर्घटनामा महोत्तरीको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डलको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा ४ ख ५७२८ नम्बरको मिनी टिपरले पिपरा गाउँपालिका–५, चाँदनी चोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने मिनी टिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न सोमबार राति नै जिल्ला अस्पताल (जलेश्वर)मा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया