समाज


गुर्जुधारामा गाडीको ठक्करले एक जनाकाे मृत्यु, छोरालाई स्कुल पुर्‍याउन पाएनन् उनले

गुर्जुधारामा गाडीको ठक्करले एक जनाकाे मृत्यु, छोरालाई स्कुल पुर्‍याउन पाएनन् उनले

नेपालखबर
पुस ८, २०७६ मंगलबार ४:१५,

काठमाडौंको गुर्जुधारामा मंगलबार बिहान नम्बर नखुलेको ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान सवा ६ बजे भएको दुर्घटनामा चन्द्रागिरि नगरपालिका-७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको हाे। 

केसी प्रदेश ३-०२००९ प ७६२१ नम्बरको मोटरसाइकलमा मा सवार थिए।

उनी कलंकीमा रहेको एलआरआई स्कुलमा आफ्ना १० वर्षीय छोरालाई माेटरसाइकलमा राखेर पुर्‍याउन आउँदै गर्दा नम्बर नखुलेको ट्रकले ठक्कर दिएकाे हाे। 

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार दुर्घटनामा केसीका छोरा सामान्य घाइते मात्रै भएका छन्।

दुर्घटनापछि ट्रक भागेको छ। ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

केसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad