समाज


सन्दीपको लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी

सन्दीपको लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी

फाइल।


नेपालखबर
पुस ७, २०७९ बिहिबार ९:३, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ।

नबालिका जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो। 

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।

थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरे पनि अदालतले फैसला नहुन्जेल सन्दीपका लागि जेलको बाटो देखाएको थियो।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको थियो।

गौशाला प्रहरी बृत्तको हिरासतमा राखिएका उनले पटक म्याद थप गर्दै अदालतमा हाजिर हुँदा किशोरी नाबालिग नरहेको बताएका थिए। 

सन्दीप र उनका वकिलले किशोरी नाबालिग नरहेको भन्ने तीनवटा प्रमाण नै पेश गरेका थिए। तर अन्तिम निर्णय नहुन्जेललाई अदालतले सन्दीपलाई पुर्पक्षका लागि जेल पठाएको हो। 

अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बयानका क्रममा सन्दीपले किशोरीको उमेर १८ वर्ष बढी रहेको प्रमाण पेश गरेका थिए। 

त्यस्तै उनका वकिल मुरारी सापकोटाले पनि जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण इजलासमा पेस गरेका थिए। 

उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएको जन्मदर्ता, बसाइँसराइको प्रमाण पत्र र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेस गरेका थिए।

जसमा किशोरीको उमेर १८ वर्षभन्दा बढी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .