समाज


२ किलो युरेनियम जस्तो देखिने पदार्थसहित बाराबाट ३ जना पक्राउ

२ किलो युरेनियम जस्तो देखिने पदार्थसहित बाराबाट ३ जना पक्राउ

नेपालखबर
पुस ९, २०७९ शनिबार १८:५५, काठमाडौँ

सशस्त्र प्रहरी बलले बाराबाट २ किलो युरेनियम जस्तो देखिने पदार्थसहित ३ जनालाइ पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सुचनाको आधारमा १२ नम्बर गण बारा मातहत सुरक्षा बेश जितपुरले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जितपुर उपमहानगरपालिका–५ का २९ वर्षीय रवि चौधरी, सोही ठाउँका ३० वर्षीय सागर चौधरी र माधबनारायण नगरपालिका–२  रौतहटका २२ वर्षीय बृज सहनी छन्।

उनीहरुलाइ सशस्त्र प्रहरी बलले जितपुरस्थित आदित्य होटलको कोठा नम्बर ४ बाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई सो पदार्थ सहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad