समाज


ट्राफिक चेकिङका क्रममा १०७ जना चालक कारबाहीमा

ट्राफिक चेकिङका क्रममा १०७ जना चालक कारबाहीमा

नेपालखबर
पुस १३, २०७९ बुधबार १३:५५, काठमाडौँ

काठमाडौं उपत्यकामा आज बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। 

जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन्। 

त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने ८ ओटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ। सवारीको अवस्था ठिक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरु रहेका छन्।

यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको छ। 

सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad