ad ad

समाज


सकियो दुई साता लामो नेपाल-भारत संयुक्त सैन्य अभ्यास

सकियो दुई साता लामो नेपाल-भारत संयुक्त सैन्य अभ्यास

नेपालखबर
पुस १४, २०७९ बिहिबार १४:३१, काठमाडौँ

नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा बिहीबार सकिएको छ।

सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच गत पुस १ गते शुभारम्भ गरेका थिए।  

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालित अभ्यासमा नेपालबाट प्रमुख सेनानी विमल कुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सहभागी थिए। 

समापन समारोहमा, बलाधिकृत रथी सरोज प्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरुलाई बधाई दिए। 

उनले तालिम प्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आउने चुनौतीहरुलाई समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्य पश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं. ३ बाहिनीपति एवम् संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेम बहादुर पुन, नं. २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ सहभागी थिए।

त्यस्तै नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु पनि उपस्थि थिए। 

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। 

२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १६ पटक सञ्चालन भइसकेको छ। 

संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .