समाज


वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा डा. न्यौपाने

वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा डा. न्यौपाने

नेपालखबर
पुस २१, २०७९ बिहिबार ९:३, काठमाडौँ

वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा. अवतार न्यौपाने चयन भएका छन्। यही पुस १९ गते सर्वसम्मत रुपमा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता परशुराम कोइराला, सचिवमा अधिवक्ता डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा अधिवक्ता पूर्णिमा गुरागाईँ तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ता डा. रेशमराज रेग्मी, अधिवक्ता खडानन्द कँडेल तथा अधिवक्ता पुरुषोत्तम अधिकारी चयन भएका छन्। 

डेढ दशकअघि स्थापना भएको वाणिज्य कानुन समाज नेपालले वाणिज्य कानुनका सम्बन्धमा विभिन्न अन्तरक्रिया, गोष्ठी एवं छलफल कार्यक्रम आयोजना गरी वाणिज्य कानुनका क्षेत्रमा योगदान पुर्‍याइरहेको छ। 

त्यसैगरी समाजले बिजनेस ल जर्नल प्रकाशनसमेत गरिरहेको छ। अबका दिनमा यी कार्यक्रमलाई विस्तार गर्दै जाने र बिजनेस ल जर्नललाई पनि निरन्तर एवं नियमित रुपमा प्रकाशन गर्दै जाने अध्यक्ष डा. न्यौपानेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad